भक्तपुर । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले औपचारिक रूपमा नतिजा सार्वजनिक गरेको हो ।
कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
