शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentविचारआन्दोलनको माेर्चाबाट शिक्षककाे पत्र : `हामी गर वा मरकाे स्थितिमा पुगिसक्याैं´

आन्दोलनको माेर्चाबाट शिक्षककाे पत्र : `हामी गर वा मरकाे स्थितिमा पुगिसक्याैं´

प्रिय दाजु,
नमस्कार ।
भक्तपुर जिल्लाका प्रमुख दुई नगरपालिक भनपा र मथिनपा अचेल जात्रामय छ । प्रसिद्ध बिस्का जात्रा अन्तर्गत कतै रथ तान्ने र कतै रथ बाेकेर जात्रापर्व धुमधामकासाथ मनाउने क्राम शुरू भएकाे छ । विगतकाा वर्षहरूमा झ‌ै यस वर्ष आज वैशाख १ गतेकाे दिनमा बाेदेबाट शुरूभई बाेदे, थिमिकाे बालकुमारी, चपाचाे र नगदेशका प्रमुख साँस्कृतिक तथा मठमन्दिरहरू परिक्रमा गर्ने रथपुजा याे पटक तपाईले आयाेजककाे जिम्मेवारी लिई बाेदेवासी दाजुभाई दिदीबहिनीकाे साथ सहयाेगमा सफलतापूर्वक सम्पन्न गर्दै हुनुहुन्छ भन्ने मैले बुझेकाे छु । उक्त रथपुजा परिक्रमा कार्यक्रममा सहभागिताकाे लागि तपाईले मलाई पनि निम्ताे गर्नु भएकाे थियाे । आजभन्दा ५ दिन अगाडि निम्ताे हात पारिरहँदा निम्ताेकाे लागि मनैबाट धन्यवाद दिंदै सहभगी हुने अठाेट लिएकाे थिएँ । तर १३ दिन देखि जारी शिक्षक आन्दाेलन आज पनि यथावत रह्याे र म यता आन्दाेलनमा जाेडिनु परेकाले तपाईकाे निम्ताे मान्न सकिन । सरी ल दाजु ।

        आन्दाेलन हामी शिक्षकहरूकाे रहर नभई बाध्यता हाे दाजु । अब याे आन्दाेलन हामी शिक्षक तथा विद्यालय कर्मचारीकाे अस्तित्व र पेशागत सुरक्षासँग गासिन पुगिसक्याे । यसलाई थप सशक्त बनाउनुकाे विकल्प अब हामीसँग बाकी रहेन । अब हामी 'गर कि मर' काे स्थितमा पुगिसक्याैं । देशकाे समग्र शिक्षा क्षेत्रकाे सुधारकाे लागि संघीय शिक्षा ऐन जारी नगराई याे आन्दाेलन वैथान गर्नै नसकिने माेडमा हामी आइ पुगेका छाैं । दाजु चाडवाड त घुमिफिरी आइरहन्छ फेरि सँग‌ै मनाएर रमाइलाे गर्न सकिन्छ । तर आन्दाेलन सधैं हुँदैन र सदैव यस्ताे उभार आउँदैन पनि । बिना नतिजा अब याे आन्दाेलन टुङ्गिने अव्स्था रहेन किन कि ताेकिएकाे उपलब्धी बिना याे आन्दाेलन त्यसै टुहियाे भने शिक्षक, विद्यालय कर्मचारी, अभिभावक तथा विद्यार्थी कसैकाे हीत हुने छैन र देशकाे शिक्षा क्षेत्रले काँचुली फेर्ने छैन । 

  परिस्थितिकाे याे गम्भिरतालाई बुझेर आजकाे यहाँकाे निम्ताे मान्न नसक्ने याे भाईलाई क्षामा दिनु हुनेछ भन्ने आशा एवम् विश्वासकासाथ आन्दाेलनकै माेर्चाबाट याे पत्र लेख्दैछु । याे पल्टलाई यस्तै भयाे, अर्काे पल्ट सँगै रमाइलाे गराैंला है दाजु । नववर्ष २०८२ तथा बिस्काजात्रकाे शुभकामना सहित धन्यावद ।
                                            उही शिक्षक भाई 

२०८२/०१/०१
(आन्दाेलनकाे माेर्चाबाट एक शिक्षककाे पत्र )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको