शुक्रबार, कार्तिक १४, २०८३

15.1 C
Bhaktapur
शुक्रबार, कार्तिक १४, २०८३
15.1 C
Bhaktapur
HomeNews Contentजीवनशैलीताथलीमा २० जनालाई बारिस्ता तालिम दिइने, ३५ वर्षसम्मकाले आवेदन दिन सक्ने

ताथलीमा २० जनालाई बारिस्ता तालिम दिइने, ३५ वर्षसम्मकाले आवेदन दिन सक्ने

भक्तपुर । चाँगुनारायण नगरपालिका–९, ताथलीमा बेरोजगार, विपन्न तथा सीमान्तकृत युवायुवतीलाई लक्षित गरी एकमहिने बारिस्ता तालिम सञ्चालन हुने भएको छ।

चाँगुनारायण नगरपालिका वडा नं. ९ को कार्यालयले रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले २० जना सहभागीका लागि व्यावसायिक सीपमूलक बारिस्ता तालिम सञ्चालन गर्न लागेको हो।

वडा कार्यालयले २०८३ कात्तिक १२ गते सूचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक स्थानीय बासिन्दालाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयमा निवेदन पेस गर्न आह्वान गरेको छ।

तालिममा सहभागी हुन ३५ वर्ष उमेरसम्मका इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्र र आवश्यक परे बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयका अनुसार तालिममा सहभागी छनोट गर्दा पहिले आवेदन पेस गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ।

बारिस्ता तालिमले युवायुवतीलाई कफी बनाउने तथा कफीसम्बन्धी व्यावसायिक सीप प्रदान गरी क्याफे, रेस्टुरेन्टलगायतका क्षेत्रमा रोजगारी प्राप्त गर्न वा आफ्नै व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष गणेश त्यातले स्थानीय युवायुवतीलाई उपलब्ध अवसरको सदुपयोग गर्दै समयमै आवेदन पेस गर्न आग्रह गरेका छन्।

#चाँगुनारायण #ताथली #बारिस्ता_तालिम #सीपमूलक_तालिम #रोजगारी #स्वरोजगारी #भक्तपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको