सोमवार, जेष्ठ ११, २०८३

27.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
27.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रएसईईमा सरस्वती मावि थाकलमाथकाे लगातार शतप्रतिशत नतिजा

एसईईमा सरस्वती मावि थाकलमाथकाे लगातार शतप्रतिशत नतिजा

भक्तपुर । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित सरस्वती माध्यमिक विद्यालय, थाकलमाथले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि शतप्रतिशत नतिजा हासिल गर्दै लगातार उत्कृष्ट प्रदर्शन कायम राखेको छ।

विद्यालयले गत वर्ष पनि शतप्रतिशत नतिजा हासिल गरेको थियो। यस वर्ष पुनः सबै २२ जना विद्यार्थी उत्तीर्ण भएसँगै विद्यालयको शैक्षिक निरन्तरतामा उल्लेखनीय सफलता देखिएको हो।

नतिजाअनुसार विद्यालयको सर्वाधिक जीपीए ३.७९ रहेको छ। ३.६ देखि ४.० जीपीए ल्याउने ५ जना विद्यार्थी छन् भने ३.२ देखि ३.६ सम्म १३ जना विद्यार्थीले प्राप्त गरेका छन्। २.८ देखि ३.२ जीपीए ल्याउने ४ जना विद्यार्थी रहेका छन्। विद्यालयको समग्र औसत जीपीए ३.४२ रहेको छ।

विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेयका अनुसार निरन्तर शतप्रतिशत नतिजा आउनु विद्यालय परिवारको सामूहिक मेहनतको परिणाम हो।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजीव पुरीले विद्यालयको शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको