आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरमा योमारी उत्सव हुने

भक्तपुरमा योमारी उत्सव हुने

भक्तपुर । ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको योमारी पूर्णिमाको अवसरमा भक्तपुर नगरपालिकाले यस वर्ष पनि भव्य रूपमा ‘योमारी उत्सव’ आयोजना गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालय, व्यासी–२ बाट जारी सूचना अनुसार उत्सव मंसिर २० गते शनिबार विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न हुने छ।

उत्सवको सांस्कृतिक र्याली इनागः (भ.न.पा–१) बाट दिउँसो १:०० बजे सुरु हुनेछ भने मुख्य कार्यक्रम दत्तात्रय, भ.न.पा–८ मा दिउँसो २:०० बजेदेखि प्रारम्भ हुनेछ।

यस वर्षको उत्सवमा योमारी प्रदर्शनी र प्रतियोगितासमेत आयोजना गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति, संस्था वा समूहले मंसिर १५ गतेभित्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको प्रशासन शाखा, व्यासीमा दर्ता गर्न सक्नेछन्। दर्ता शुल्क रू. १०० तोकिएको छ।

नगरपालिकाले सार्वजनिक गरेका प्रतियोगिताका नियमअनुसार प्रत्येक टोलीले न्यूनतम ८ इन्च उचाइको बढीमा ३ वटा मौलिक शैलीका योमारी प्रदर्शन गर्नुपर्नेछ। आवश्यक सामग्रीको व्यवस्था प्रतियोगीले आफैं गर्नुपर्नेछ।

प्रतियोगिताका विजेतालाई देहायअनुसार पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
प्रथम पुरस्कार: रु. १०,०००
द्वितीय पुरस्कार: रु. ७,५००
तृतीय पुरस्कार: रु. ५,०००
सान्त्वना पुरस्कार: दुई टोलीलाई रु. ३,०००

भक्तपुर नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षण र प्रबर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको