भक्तपुर । वी किड्स स्कुलले जीवन उपयोगी सीप र अनुभवात्मक सिकाइ बढाउन धुलिखेलको आगन्तुक रिसोर्टमा १ दिने आवासीय कार्यक्रम सञ्चालन गरेकाे छ ।
भक्तपुरको उत्कृष्ट प्रिस्कूलका रूपमा रहेकाे साे स्कुलले कार्तिक ४ र ५ गते गरेकाे कार्यक्रममा ४५ जना विद्यार्थी सहभागी थिए ।
कार्यक्रम कक्षा १,२, ३ र ४अध्ययन गरिरहेका विद्यार्थी केन्द्रीत थियाे ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीमा आत्मनिर्भरता, अनुशासन, सामाजिक व्यवहार र समूहमा बस्ने संस्कार विकास गर्नु थियो। विद्यार्थीहरूले चण्डेश्वरी मन्दिर, गोसाइँकुण्ड र वरिपरिका पर्यटकीय स्थलहरूको भ्रमण गरे।
होटल वासमा विद्यार्थीहरूले खेल, समूह गतिविधि, नेतृत्व–विकास सत्र र स्व–व्यवस्थापन अभ्यासमा भाग लिए। विद्यालयले यसलाई “अनुभवात्मक सिकाइ”को महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।
विद्यालयकी प्रिन्सिपलले मन्जु दुवालले भनिन्, `फरक वातावरणमा बस्दा विद्यार्थीमा आत्मविश्वास र जिम्मेवारीबोध बढ्छ। भविष्यमा सामाजिक जीवनमा सजिलो हुन्छ। यसकाे अनुभव विद्यार्थीले गरेका छन् ।´
विद्यालयका अनुसार, कार्यक्रमले समय व्यवस्थापन, सहकार्य क्षमता र आत्मविश्वासमा सकारात्मक प्रभाव पारेको छ।
