आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentशिक्षाभक्तपुरमा पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता : रचनात्मकता र अभिनयको उत्सव हुँदै

भक्तपुरमा पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता : रचनात्मकता र अभिनयको उत्सव हुँदै

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको सहकार्यमा भक्तपुरमा पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता हुँदैछ

विद्यार्थीहरूको रचनात्मकता, अभिनय क्षमता र सामाजिक चेतना उजागर गर्ने उद्देश्यका साथ मिति २०८२ कार्तिक २७ गते सूर्यविनायक–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलमा यो नाटक प्रतियोगिता आयोजना हुन लागेको हो।

कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ र विद्यालय समुदायमा कलाको माध्यमबाट सन्देश फैलाउने यो प्रयासलाई भव्य रूपमा सम्पन्न गर्न स्कुल उत्साहित छ।

नेसनल प्याव्सनमा आवद्ध सदस्य विद्यालयहरूको सहभागिता रहने प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्नो अभिनय, संवाद र मञ्च प्रस्तुतिको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्ने अवसर पाउनेछन्।

प्रतियोगितालाई स्तरीय बनाउन आयोजकले स्पष्ट मापदण्ड तय गरेको छ :

  • नाटकको विषयवस्तु सन्देशमूलक अनिवार्य हुने,
  • हरेक प्रस्तुतिको समय ७ देखि १५ मिनेटसम्म सीमित रहने
  • प्रत्येक समूहमा अधिकतम ८ जना कलाकार मात्र रहने
  • प्रतिभाशाली सहभागीहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट योगदानका लागि उत्कृष्ट कथा, उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशन, उत्कृष्ट सन्देश, उत्कृष्ट प्रस्तुति र उत्कृष्ट मञ्च व्यवस्थापन जस्ता सब–टाइटल अवार्डहरू पनि प्रदान गरिनेछन्।
  • सांस्कृतिक र शैक्षिक दुवै दृष्टिले महत्वपूर्ण मानिएको यो प्रतियोगिताले भक्तपुरका विद्यार्थीहरूमा सर्जनशीलता र सामूहिक कलाको अभ्यासलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। “विद्यालयभित्रको प्रतिभा अब मञ्चमा झल्किनेछ — नाटकमार्फत समाज बदल्ने सन्देश फैलाउने यो प्रतियोगिता भक्तपुरको शैक्षिक यात्रामा नयाँ अध्याय बन्नेछ,” संयोजक दुवालले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको