आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentशिक्षाभक्तपुरमा SEE अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुरमा SEE अभिमुखीकरण कार्यक्रम सम्पन्न


भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै ‘Mathematics Boost-up Session for Grade Ten’ शीर्षकमा गणित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

भक्तपुरका विभिन्न सदस्य विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रमका प्रशिक्षक गणित विषय विज्ञ एन. बि. खाताखोले संचालन गरेका थिए। उनले SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न प्रभावकारी अध्ययन विधि, सूत्रहरूको सरल उपयोग, समय व्यवस्थापन तथा समस्याहरू छिटो समाधान गर्ने उपाय साझा गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै नेशनल प्याब्सन भक्तपुर तदर्थ समितिका संयोजक पुण्यराम कवाले सहभागी विद्यार्थीहरूलाई आत्मविश्वासपूर्वक परीक्षा तयारी गर्न शुभकामना व्यक्त गर्दै गणितलाई कठिन होइन, अवधारणासहित बुझ्ने विषयका रूपमा लिन प्रेरित गरेका थिए।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव बिक्रम ढुकुछु, पूर्व वरिष्ठ जिल्ला उपाध्यक्ष शिवकृष्ण कवां, पूर्व सह–सचिव दिनेश शाक्य, पूर्व जिल्ला सह–कोषाध्यक्ष रत्न राई, जिल्ला सदस्य कमल सुवाल, सदस्य विश्व राम दुवाल र जनक न्यायच्याँईलगायतको उपस्थिति रहेको थियो।

विद्यार्थीमैत्री वातावरणमा सम्पन्न उक्त सत्रले सहभागीहरूलाई गणितप्रति थप रुचि र आत्मविश्वास जगाएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको