सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentशिक्षागणितप्रति डर होइन, आत्मविश्वास! नेसनल प्याव्सन भक्तपुरद्वारा एसईई अभिमुखीकरण सम्पन्न

गणितप्रति डर होइन, आत्मविश्वास! नेसनल प्याव्सन भक्तपुरद्वारा एसईई अभिमुखीकरण सम्पन्न

भक्तपुर, कार्तिक २०। कक्षा १० का विद्यार्थीहरूलाई गणितप्रति आत्मविश्वासी बनाउने उद्देश्यले नेसनल प्याव्सन भक्तपुरले आयोजना गरेको एक दिने एसईई गणित अभिमुखीकरण कार्यक्रम–२०८२ रमाइलो र सिकाइले भरिपूर्ण वातावरणमा सम्पन्न भयो।

एसईईमा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित कार्यक्रममा गणित शिक्षा परिषद्का राष्ट्रिय अध्यक्ष तथा प्रसिद्ध गणित विज्ञ डा. रमेश प्रसाद अवस्थीले रोचक शैलीमा गणित कसरी सजिलै सिक्ने भन्ने बारे मार्गदर्शन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले गणितलाई जीवनसँग कसरी जोड्ने, जटिल देखिने सूत्रहरू सम्झिने सरल तरिका, अभ्यास गर्ने सही विधि, परीक्षामा समय मिलाएर प्रश्न हल गर्ने उपायबारे टिप्स पाए। डा. अवस्थीले “गणित कठिन होइन, बुझेर सिक्ने हो भने मज्जाको विषय हो” भन्दै, आफूले साझा गरेका सीक्रेट ट्रिक्सहरूले विद्यार्थीहरूलाई उत्साहित बनाए।

नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य रमेश प्रसाद सिटौलाका अनुसार धेरै विद्यार्थीले गणितलाई डर लाग्ने विषय ठान्ने भएकाले यो कार्यक्रमले डर हटाउन र ‘गणित–फ्रेन्ड्ली’ सोच विकास गर्न मद्दत गर्ने अपेक्षा राखिएको हो।

उपाध्यक्ष राम प्रसाद खाताखोले स्वागत मन्तव्य दिँदै “गणित बुझेर सिक्ने हो, र बुझाउने तरिका रोचक हुनुपर्छ” भन्दै कार्यक्रमले विद्यार्थीहरूलाई सकारात्मक ऊर्जा दिएको बताए। संस्थाका अध्यक्ष संजय खड्काले गणितलाई किताबका अध्यायमा मात्र नभई दैनिक जीवनमा प्रयोग हुने व्यवहारिक ज्ञानसँग जोडेर सिक्नुपर्ने सुझाव दिए। उनले विद्यार्थीहरूलाई डा. अवस्थीले बताएजस्तै अभ्यास–आधारित तरिका अपनाउन प्रेरित गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरले अब अर्को महिनामा अनिवार्य विज्ञान र सामाजिक विषयको अभिमुखीकरण पनि गर्ने घोषणा गर्दै विद्यार्थीहरूको तयारी यात्रा निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको