शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentशिक्षाईप्सन नृत्य प्रतियोगितामा यूनिटी प्रथम, ईडेन र क्वालिटी द्वितीय

ईप्सन नृत्य प्रतियोगितामा यूनिटी प्रथम, ईडेन र क्वालिटी द्वितीय

भक्तपुर, कार्तिक २०। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन) द्वारा आयोजित अन्तरविद्यालयीय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिता मा दुवै विधातर्फ सूर्यविनायक–५ स्थित यूनिटी स्कूलले प्रथम स्थान हासिल गरेको छ। सदस्य विद्यालय बिमल मेमोरियल विद्यापीठमा सम्पन्न उक्त कार्यक्रममा सामूहिक र एकल दुवै नृत्यतर्फ विजयी घोषणा गरिएको थियो।
सामूहिक लोक नृत्यतर्फ
प्रथम: यूनिटी स्कूल
द्वितीय: ईडेन गार्डेन स्कूल
तृतीय: सूर्योदय स्कूल
सान्त्वना: ग्लोबल एकेडेमी

एकल नृत्यतर्फ
प्रथम: दिपशिखा खड्का – यूनिटी ईङ्ग्लिस स्कूल
द्वितीय: मनिरा तामाङ – क्वालिटी ईङ्ग्लिस स्कूल
तृतीय: कृष्टिना श्रेष्ठ – ईडेन गार्डेन स्कूल
सान्त्वना: ज्योती खड्का – पारिजात विद्याकुञ्ज
कार्यक्रमका सभापति तथा आयोजक विद्यालय बिमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न योगदान पुर्याएको बताए। उहाँले प्रतिस्पर्धा सफल गराउन सहयोग गर्ने निर्णायक, सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरे।

प्रमुख अतिथि सूर्यविनायक नगरपालिका–१० का वडाध्यक्ष शिवराम राउतले विजयी विद्यार्थीहरूलाई पुरस्कृत गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा नेपाली लोक नृत्य, कला तथा संस्कृतिप्रतिको रुचि र संरक्षण भावना विकास हुने बताए।
त्यस्तै, ईप्सनका अध्यक्ष तथा क्वालिटी ईङ्ग्लिस स्कूलका प्रिन्सिपल जी. बी. खड्काले सफल कार्यक्रमका लागि आयोजक विद्यालयलाई धन्यवाद व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको