सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentसमाचारख्वप अस्पतालमा घुँडाको प्रतिस्थापन शल्यक्रिया सेवा सुरु

ख्वप अस्पतालमा घुँडाको प्रतिस्थापन शल्यक्रिया सेवा सुरु

भक्तपुर । ख्वप अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा विस्तार गर्दै घुँडाको प्रतिस्थापन (Total Knee Replacement–TKR) शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। यससँगै अब घुँडासम्बन्धी गम्भीर समस्या र उपचारका लागि राजधानी बाहिरका बिरामीहरूलाई सहज हुने अस्पतालले जनाएको छ।
ख्वप अस्पतालका अनुसार अस्थि–रोग (अर्थोपेडिक्स) विभागको पहलमा सुरु गरिएको उक्त सेवा सफलतापूर्वक सञ्चालनमा आएपछि उच्चस्तरीय हड्डी तथा सांध रोग उपचारमा अस्पतालले नयाँ कदम अघि बढाएको छ।
अस्पतालका चिकित्सकहरूको टोलीले पहिलो चरणका शल्यक्रिया प्रक्रिया सम्पन्न गरिसकेको जनाइएको छ। यस सेवाले दीर्घकालीन घुँडाको दुखाइ, गठिया (Arthritis), घिसावट, वा दुर्घटनाबाट क्षतिग्रस्त घुँडा भएका बिरामीका लागि प्रभावकारी समाधान हुने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासनले घुँडाको समस्या लिएर उपचारका लागि भारत वा महंगा निजी अस्पताल धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरेको छ। सेवा विस्तारसँगै बिरामीहरूको पहुँच र उपचारको गुणस्तर दुवैमा सुधार आउने अस्पतालले जनाएको छ। यस महत्वपूर्ण सुरुवातका लागि अस्थि–रोग विभाग लगायत संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अस्पतालले धन्यवाद र बधाई दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको