शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षापारागन एकेडेमीमा एकल नृत्य प्रतियोगिता सम्पन्न

पारागन एकेडेमीमा एकल नृत्य प्रतियोगिता सम्पन्न

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमीमा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा जुनियर र सिनियर गरी कुल ३२ जना विद्यार्थी सहभागी भएका थिए।

प्रतियोगिताकाे जुनियर समूहतर्फ कृष्दी कोजू प्रथम, सुप्रिया लामा द्वितीय, आरोही गणेजू तृतीय तथा कृष्मा श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेकाे विद्यालयले जनाएको छ ।

तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा आयाेजित प्रतियोगिता अन्तरगत सिनियर समूहतर्फ कृष्टिना घिमिरे प्रथम, कृष्टिना गुरुङ द्वितीय, मिङ्मा तामाङ तृतीय तथा नविना तामाङले सान्त्वना स्थान हासिल गरेका थिए ।

स्पर्धामा विजयी विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल पुण्यराम कवाँ, व्यवस्थापक रत्नवीर किसी, भाइस प्रिन्सिपल राजेन्द्र फोजू र सेकेन्डरी इञ्चार्ज सागर पराजुलीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।

प्रिन्सिपल कवाँले विद्यार्थीहरूमा लुकेका प्रतिभा उजागर गर्न विद्यार्थी केन्द्रीत प्रतिस्पर्धातणमक कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको बताए। उनले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर रूपमा विभिन्न अतिरिक्त क्रियाकलापहरूको आयोजना गर्दै आएको जानकारी दिए।

व्यवस्थापक किसीका अनुसार विद्यार्थी लक्षित गतिविधिहरूले विद्यार्थीहरूमा आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्याइरहेकाे झ । साेही कारण विद्यालयले विभिन्न अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप गरिरहेकाे उनको भनाइ छ ।
एकल नृत्य प्रतियोगिताको निर्णायकद्वयमा समीर शंकदेव र रबिना बखुन्छे रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको