शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारताथलीमा चियापान तथा शुभकामना आदानप्रदान

ताथलीमा चियापान तथा शुभकामना आदानप्रदान

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एव वागमती प्रदेश सदस्य सुरेन्द्रराज गाेसाईँले भाद्र २३- २४ काे प्रदर्शनपछि जनताले विदेशी हस्तक्षेप बढेकाे आभाष गरेकाे बताएका छन् ।

साे दिनकाे प्रदर्शनीपछि गठन भएकाे सरकारमा सहभागी व्यक्तिहरूकाे विगतको पृष्ठभूमि र संलग्नताले त्यसकाे पुष्टि हुने उल्लेख गर्दै देश एनजिओ/ आईएनजिओेकाे प्रभावमा पर्दै गएको बताए । नेमकिपा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीले आयाेजना गरेकाे चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य गाेसाईँले विदेशी संघसंस्थाकाे सहयोगले देश थप परनिर्भर हुने बताए ।

सरकारमा पुगेका दलका नेताहरूकाे अदूरदर्शीपन र अकर्मण्यता तथा स्वार्थप्रति लिप्त हुने स्वभावले देशमा भ्रष्टाचार र अनियमितता बढ्दै गएको चर्चा गरे । उनले जेन जी आन्दोलन एक दुई दिनकाे तयारीमा नभई संस्थागत रूपमै तयारीमा भएकाे समय क्रमसँगै प्रमाणित हुँदै आएकाे समेत उल्लेख गरे ।

विचारले युक्त संगठनमा आवद्ध युवाहरूले मात्र वास्तविक परिवर्तन ल्याउन याेगदान दिन सक्ने जनाउँदै उनले त्यस निमित्त संगठनप्रति इमानदारिता र अध्ययनकाे भावना हुनुपर्नेमा जाेड दिए । साे अवसरमा उनले चाडपर्वलाई रचनात्मक र सिर्जनात्मक बनाउँदै अन्धविश्वास कम गर्ने संस्कार विकास गर्दै जानुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेमकिपा भक्तपुरका सचिव पाण्डव सुवालले राजनीतिक दलकाे कार्य भनेको जनताको नि: स्वार्थ सेवा गर्नु रहेकाे जनाउँदै सरकारमा गएका दलहरूले साे दर्शन अनुसार काम नगर्दा नेपालीहरूले दु: ख पाइरहेको बताए । उनलेे नेपाललाई भारतीय विस्तारवादकाे आैपनिवेशक प्रभावमा नेपाल परिरहँदा जनताको हित नभएको चर्चा गरे ।

उनले नेमकिपाले अन्य दल र सरकारलाई समेत खबरदारी गरिरहँदा पनि त्यसतर्फ सरकारले ध्यान नदिँदा अहिलेकाे विषम राजनीतिक परिस्थिति सिर्जना भएकोले नेपालकाे याे अवस्था आउनुमा शासक दलहरू नै जिम्मेवार भएको बताए । उनले सङ्घर्षलाई सदा चालू राख्ने काम पार्टी कार्यकर्ताहरूमा हुन जरुरी रहेकामा जाेड दिए ।

चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य कमला गिरि भारतीले चाडपर्व र संस्कृति सामाजिक जीवनका गहना भएकाले संस्कृतिमा विकृति भित्राउन दिन नहुनेमा जाेड दिइन् । उनले नेपाल संवतकाे महत्वबारे चर्चा गर्दै उक्त संवतलाई सरकारबाटै बेवास्ता गर्नु विडम्बना रहेको उल्लेख गरिन् ।

उनले साे क्रममा चाँगुनारायण नगरपालिका र वडा कार्यालयले गरिरहेका गतिविधिबारे जानकारी दिँदै विनियोजित बजेटकाे समेत कार्यान्वयन नभएकोमा वडा समितिले खबरदारी गरिरहेको बताइन् ।
कार्यक्रममा नेमकिपाका ताथलीका सल्लाहकार एकबहादुर खत्रीले चाँगुनारायण नगरपालिका वडा नं. ९ वडा कार्यालयले ताथलीमा सञ्चालित विन्ध्यवासिनी खानेपानी उपभोक्ता समितिलाई व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरे ।

कार्यक्रममा आयाेजक समितिका सचिव रविन बासुकला र अध्यक्ष राजाराम छुकांले पनि समसामयिक विषयमा धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको