शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षाश्रीकृष्ण मावि र भक्तपुर एकेडेमीबीच सम्झाैता

श्रीकृष्ण मावि र भक्तपुर एकेडेमीबीच सम्झाैता

भक्तपुर । श्रीकृष्ण माध्यमिक विद्यालय, खरिपाटी र भक्तपुर एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि. बीच दुई संस्थाबीच शैक्षिक तथा व्यावसायिक सीप विकाससम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार श्रीकृष्ण मावि का कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले दुई हप्ते (३६ घण्टा) अवधि रहेको टुरिज्म र हस्पिटालिटीसम्बन्धी तालिम प्राप्त गर्नेछन्।

तालिम पूरा गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिने र सोही कार्यक्रमअन्तर्गत इन्टर्नशीप तालिममा सहजीकरण पनि गरिने विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार, यो कार्यक्रमले विद्यार्थीहरूलाई ‘पढ्दै सिक्दै’ भन्ने अवधारणा अनुरूप सीपयुक्त र व्यवहारिक दक्ष नागरिक तयार गर्ने उद्देश्य लिएको छ।लशैक्षिक ज्ञानसँगै व्यावसायिक सीप जोड्ने अभ्यासका रूपमा यस सम्झौताले विद्यार्थीहरूलाई रोजगारी र आत्मनिर्भर जीवनका लागि सशक्त बनाउने अपेक्षा गरिएको छ। विद्यालयले सम्झौता सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापक श्याम श्रेष्ठले भने, `यो पहल श्रीकृष्ण माविका विद्यार्थीहरूलाई भविष्यमा पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा सक्षम जनशक्ति बन्ने दिशामा कोसेढुङ्गा सावित हुनेछ।´

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको