शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचार४५ औं नेपालभाषा त:मुंज्या १८ र १९ गते न: पुखुमा हुने

४५ औं नेपालभाषा त:मुंज्या १८ र १९ गते न: पुखुमा हुने


भक्तपुर । यस वर्ष नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरको न: पुखुमा हुने भएको छ । ४५ औं नेपालभाषा तःमुंज्याको ग्वसाखल ( आयाेजक) का अनुसार त:मुंज्या असोज १८ र १९ गते दुई दिन भक्तपुर नगरपालिका वडा नं २ स्थित न:पुखु परिसरमा हुने भएको छ । अहिले त्यसकाे तयारी तीब्र पारिएकाे छ ।

जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ विगत ४५४ वर्षदेखि दशैंको कौलाथ्व द्वादशी र त्रयोदशीका दिन साहित्यिक सांस्कृतिक सम्मेलन हुँदै आएको छ । सम्मेलन सफल पार्न रविन्द्र खर्बुजाको अध्यक्षतामा ४५ सदस्यीय ग्वसाखल गठन गरिएको छ ।

संयोजक खर्बुजाका अनुसार दुईदिने सम्मेलन सफल बनाउन १२ वटा उपसमिति गठन गरिएको छ । आयाेजक समितिका संयाेजक खर्बुजाले सम्मेलनमा करिब २५ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए । उक्त सम्मेलनका लागि विविध क्रियाकलाप गरिएकाे आयाेजक समितिका सचिव राजन जतिले बताए ।

सम्मेलनमा ३५ जना साहित्यकारले साहित्य वाचन गर्ने, ७ जना अतिथि साहित्यकार, ३० वटा सांस्कृतिक विधाकाे प्रस्तुतिकरण हुने आयाेजककाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको