म त्यतिकै ढलेको होइन
म ढलेको देश उठाउन हो
नउठ्दा म फरक पर्दैन
तर यो देश उठ्नुपर्छ

असह्य मलाई होइन
देशलाई भएको थियो
बाको चुरिफुरी देखेर
दाइको धनको मोह देखेर
काकाले शान्तिमार्ग तोडेको भएर
र त देशले मलाई अहर्यायो
भन्यो ; जा
भ्रष्टचार निर्मूल गर
जाँदाजाँदै ढलेँ
म ढल्दा मैले चिनो छोडेको छु
सम्हालेर राख
फेरि भ्रष्टाचारी बिउँतिएर चल्मलाए
झट्ट त्यो चिनो हेर
सडक तताउ
सदनमा भुइचालो पठाउ
भ्रष्टाचार रोक
रोक्न लगाउ
हेर्दा मैले छोडेको चिनो केहि नलाग्ला
तर त्यो किम्तीको छ
ए नवजवान हो!
नपत्याए हेर रक्ताम्य जेन्जी जुत्ता
थाहापाई राख त्यो अनमोल छ ।
✍️ विके माकजू ,भक्तपुर ।
