सोमवार, जेष्ठ ११, २०८३

20.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
20.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरभक्तपुरमा नगर तथा वडा स्रोतका शिक्षक–कर्मचारी पदमुक्त गर्ने निर्णय

भक्तपुरमा नगर तथा वडा स्रोतका शिक्षक–कर्मचारी पदमुक्त गर्ने निर्णय

भक्तपुर, ३० वैशाख ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगर तथा वडा स्रोतबाट तलब–भत्ता पाउँदै आएका शिक्षक, बालविकास सहजकर्ता र कर्मचारीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

नगर कार्यपालिकाको कार्यालय, कटुञ्जेबाट जारी पत्र अनुसार नगर शिक्षा समितिको २०८३/०१/२५ गतेको निर्णय कार्यान्वयन गर्दै उक्त कदम चालिएको हो।

निर्णयअनुसार नगर तथा वडा स्रोतबाट पारिश्रमिक लिँदै आएका सबै शिक्षक तथा कर्मचारीहरू २०८३ साल जेठ १ गतेदेखि पदमुक्त हुनेछन्। उप–सचिव रत्न बहादुर कटुवालद्वारा हस्ताक्षरित पत्रमार्फत नगरभित्रका सबै सामुदायिक विद्यालयहरूलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

नगरपालिकाले निर्णयको औपचारिक कारण स्पष्ट रूपमा नखुलाए पनि यसले सामुदायिक विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक संरचनामा असर पार्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको