भक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपानेगाउँस्थित नविन इङ्ग्लिश स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा पनि शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक सफलता कायम राखेको छ।
विद्यालयका अनुसार परीक्षामा सहभागी २३ जना सम्पूर्ण विद्यार्थीहरू उत्तीर्ण भएका छन्।
नतिजा विवरणअनुसार ३.६१ देखि ४.०० GPA समूहमा ६ जना विद्यार्थी रहेका छन्। त्यस्तै ३.२१ देखि ३.६० GPA मा १४ जना विद्यार्थी र ३.०१ देखि ३.२० GPA समूहमा ३ जना विद्यार्थीले सफलता हासिल गरेका छन्।
विद्यालयका प्रधानाध्यापक राम प्रसाद निरौलाका अनुसार विद्यालयले SEE परीक्षामा सहभागी हुन थालेदेखि अहिलेसम्म कुनै पनि वर्ष विद्यार्थी फेल नभएको र निरन्तर शतप्रतिशत नतिजा कायम गर्दै आएको छ।
विद्यालयले यो सफलतालाई विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको परिणामका रूपमा लिएको छ।



