सोमवार, जेष्ठ ११, २०८३

20.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
20.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रभक्तपुरमा एक महिनामै १३६ मुद्दा दर्ता, बैंकिङ कसुर र ठगीका घटना धेरै

भक्तपुरमा एक महिनामै १३६ मुद्दा दर्ता, बैंकिङ कसुर र ठगीका घटना धेरै

भक्तपुर, ४ जेठ । जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल बैशाख महिनाको अपराध तथा सुरक्षा स्थिति सम्बन्धी प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गत बैशाख महिनामा मात्रै जिल्लाभर विभिन्न प्रकृतिका १३६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५७ वटा मुद्दा फर्छ्योट भइसकेका छन् ।

जघन्य अपराध र आर्थिक कसुरको अवस्था

दर्ता भएका मुद्दाहरूमध्ये १६ वटा जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन् । जसमा:

  • लागूऔषध: १० वटा मुद्दा (नियन्त्रण अभियान अन्तर्गत १३ जना पक्राउ)
  • जबरजस्ती करणी: ४ वटा मुद्दा
  • ज्यान मार्ने उद्योग: २ वटा मुद्दा
    यस्तै, जिल्लामा आर्थिक अपराधको ग्राफ उच्च देखिएको छ । बैशाख महिनामा मात्रै बैंकिङ कसुरका ४६ठगीका १० गरी कुल ५६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् ।

सवारी दुर्घटनामा ४ को मृत्यु, ११८ घाइते

बैशाख महिनामा भक्तपुरमा ८८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनाहरूमा परी ४ जनाले ज्यान गुमाएका छन् भने ११८ जना घाइते भएका छन् । प्रहरीका अनुसार अधिकांश दुर्घटनाको मुख्य कारण लापरवाहीपूर्वक सवारी चलाउनु रहेको छ ।

घरेलु हिंसा र अन्य तथ्याङ्क

  • घरेलु हिंसा: १ महिनामा ९ वटा उजुरी परेकोमा सबै उजुरी मिलापत्रमार्फत टुङ्ग्याइएको छ ।
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी: ९ वटा अपराधका मुद्दा दर्ता भएका छन् ।
  • राजस्व संकलन: भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत प्रहरीले करिब १४ लाख ८२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

सचेतना कार्यक्रममा जोड

प्रहरीले अपराध न्यूनीकरणका लागि समुदाय र विद्यालयलाई लक्षित गरी १४७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साइबर अपराध, लागूऔषध, चोरी नियन्त्रण र आत्महत्या न्यूनीकरण सम्बन्धी सञ्चालित ती कार्यक्रमहरूमा ७ हजार ६२२ जना स्थानीय तथा विद्यार्थीहरूको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको